खैरो हेरोइनसहित नेपालगन्जबाट दुई जना पक्राउ

पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–४ का ३० वर्षीय हिमाल केसी र घोराही उपमहानगरपालिका–३ का २७ वर्षीय सरद खड्का रहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

माघ २४, २०८२

रुपा गहतराज

Two arrested from Nepalgunj with brown heroin

नेपालगन्ज — लागुऔषध नियन्त्रण ब्यूरोले नेपालगन्जबाट ४८ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–४ का ३० वर्षीय हिमाल केसी र  घोराही उपमहानगरपालिका–३ का २७ वर्षीय सरद खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहान साढे १० बजे नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाह चेकपोस्टमा जाँच गर्ने क्रममा उनीहरूलाई  उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

भारतको रुपैडियाबाट खैरो हेरोइन ल्याएर बाँके र दाङका विभिन्न स्थानमा बिक्री तथा वितरण गर्ने उद्देश्यले आउँदै गरेको सूचनाका आधारमा खटिएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले खानतलासी गर्दा खैरो हेरोइन फेला परेको हो।

उनीहरूको साथबाट दुई थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully