गुलरियास्थित सिँचाइ कार्यालय हाताबाहिर शंकास्पद वस्तु, निष्क्रिय पार्दै सेना

सशस्त्र द्वन्द्वका समय सिँचाइ कार्यालयमा सेनाको क्याम्प थियो । प्रहरीले सोही समयको बम हुन सक्ने अनुमान गरेको छ ।

माघ २४, २०८२

कमल पन्थी

Irrigation office at Gulria, suspicious object outside hands, army deactivating

बर्दिया — सदरमुकाम गुलरियास्थित सिँचाइ कार्यालय हाताबाहिर शनिबार बिहान कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ कार्यालय उत्तरपट्टिको बारीमा सो वस्तु फेला परेको हो ।

किसानले बारी खन्ने क्रममा उक्त शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई जानकारी गराएका थिए । सो वस्तुको पहिचान गर्न नेपाली सेना घटनास्थलमा परिचालन भइसकेको छ ।

सशस्त्र द्वन्द्वका समय सिँचाइ कार्यालयमा सेनाको क्याम्प थियो । प्रहरीले सोही समयको बम हुन सक्ने अनुमान गरेको छ । घटनास्थल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार मल्लले जनाए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully