सो बम सशस्त्र द्वन्द्वको समयकै हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको सेनाले जनाएको छ ।
बर्दिया — सदरमुकाम गुलरियास्थित सिँचाइ कार्यालय हाताबाहिर शनिबार फेला परेको कुकर बम सेनाको टोलीले निष्क्रिय पारेको छ ।
कार्यालयको उत्तरपट्टि बारीमा बम भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गुलरिया तुलापुरस्थित बज्रदल गणको बम डिस्पोजल पार्ने टोलीले बम निस्क्रिय पारेको हो ।
सशस्त्र द्वन्द्वका समय सिँचाइ कार्यालयमा सेनाको क्याम्प थियो । सो बम सशस्त्र द्वन्द्वको समयकै हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको सेनाले जनाएको छ ।
अहिले घटनास्थल वरपर सेनाले सर्च जारी राखेको छ । सुरक्षा व्यवस्थासमेत कडा पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार मल्लले बताए ।
