पाल्पामा माघ २५ गतेदेखि फागुन २ सम्म अभियान संचालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ।
पाल्पा — आइतबारदेखि सुरु हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको तयारी पूरा भएको छ ।
पाल्पामा २०४३ बालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए ।
१० स्थानीय तहका १ सय ९६ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयका बालिकालाई खोप दिन लागिएको हो ।
पाल्पामा कक्षा ६ मा अध्ययनरत १ हजार ९ सय ९५ जनालाई खोप लगाइने छ । यसैगरी कक्षा ७ देखि १० सम्मका छुट ३५ जना, विद्यालय बाहिरका १० वर्ष उमेरका १२ जना र विद्यालय बाहिरका ११ वर्षदेखि १४ वर्ष उमेरका छुट एक जना किशोरीले खोप पाउनेछन् ।
पाल्पामा माघ २५ गतेदेखि फागुन २ सम्म अभियान संचालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ।
रामपुरमा ४०८, पूर्वखोलामा ११०, रम्भामा १२५, बगनासकालीमा ९०, तानसेनमा ४८५, रिब्दीकोटमा १११, रैनादेवी छहरामा २०९, तिनाउमा १६९, माथागढीमा १९१, निस्दीमा १४५ जनालाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानका लागि ४ सय ५४ जना स्वास्थ्यकर्मी र २ सय २७ जना स्वयमसेवक परिचालित हुनेछन् ।
