जिल्ला निर्वाचन कार्यालय प्रमुख टेकबहादुर शाहीले जिल्लामा हालसम्म संकलन गरिएको संख्या अनुसार २ हजार ३३८ जना अस्थायी मतदाताको नामावली प्रकाशित गरिएको बताए।
नेपालगन्ज — आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा बाँके जिल्लामा २ हजार ३३८ जना अस्थायी मतदाता रहेको पाइएको छ ।
समानुपातिकतर्फ मतदान गर्नका लागि हालसम्म संकलन गरिएको संख्या अनुसार जिल्लामा उक्त संख्यामा अस्थायी मतदाता रहेको पाइएको हो।
जिल्ला निर्वाचन कार्यालय प्रमुख टेकबहादुर शाहीले जिल्लामा हालसम्म संकलन गरिएको संख्या अनुसार २ हजार ३३८ जना अस्थायी मतदाताको नामावली प्रकाशित गरिएको बताए।
जिल्लामा कार्यरत सुरक्षाकर्मी, निजामति र संस्थान अन्तरगतका कर्मचारी, कारागारमा रहेका बाहिरी जिल्लाका कैदीबन्दीको विवरण संकलन गरेर नामावली प्रकाशित गरिएको उनले बताए।
यसअघि निर्वाचन कार्यालयले विभिन्न निकायसँग अस्थायी मतदाताको संख्या र नामावली माग गरेको थियो। तीमध्ये नेपाल प्रहरीको नामावली अझै प्राप्त नभएकोले यो संख्या बढ्ने उनले बताए।
कार्यालय प्रमुख शाहीका अनुसार अस्थायी मतदाताका लागि मतदान केन्द्र राख्ने बारेमा पनि छलफल भइरहेको छ। बाँकेमा ३ लाख ५० हजार ३७१ जना मतदाता संख्या छ भने १३९ मतदानस्थल र ४०० मतदान केन्द्र तोकिएको छ।
