प्रदेश सरकारले बर्षभरीमा दिने ६ वटा बिदामध्ये एक दिन प्रदेश स्थापनाका अवसरमा दिँदै आएको छ ।
बुटवल — प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले बुधबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारले बर्षभरीमा दिने ६ वटा बिदामध्ये एक दिन प्रदेश स्थापनाका अवसरमा दिँदै आएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार प्रदेश स्थापनाको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले बताए ।
उनका अनुसार प्रदेश सरकारले वार्षिक रुपमा ६ वटा बिदा दिने गरेको छ । त्यसमध्ये माघ २ गते माघी, माघ ९ गते श्रीपञ्चमी र माघ २१ गते प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभर बिदा हुन्छ ।
त्यस्तै भुम्या पूजाका लागि रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा एक दिन बिदा हुन्छ । अट्वारी पर्वका लागि दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र नवलपरासी पश्चिममा बिदा हुन्छ । त्यस्तै भगवती जात्राको अवसरमा पाल्पामा एक दिन बिदा दिँदै आएको छ ।
