रामपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा तीन घाइते 

रामपुरकै रानाटोलदेखि बेझाड बजारतर्फ आउँदै गरेको जीए–ए–एए–२३८७ नम्बर को स्कुटर र विपरीत दिशाबाट आएको लु ९३ प ४४८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

माघ १८, २०८२

माधव अर्याल

Three injured in scooter and motorcycle collision in Rampur

पाल्पा — पाल्पाको रामपुरमा स्कुटर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । रामपुर नगरपालिका–५, बेझाडनजिकै नहर अफिस परिसरमा स्कुटर र मोटरसाइकल ठोक्किएको हो । 

रामपुरकै रानाटोलदेखि बेझाड बजारतर्फ आउँदै गरेको जीए–ए–एए–२३८७ नम्बर को स्कुटर र विपरीत दिशाबाट आएको लु ९३ प ४४८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । 

दुर्घटनामा मोटरसाइकल चालक रामपुर नगरपालिका–७, किसानबारीका ३१ वर्षीय आभाष गौतम, सोही मोटरसाइकल पछाडि सवार रामपुर नगरपालिका–६, तालपोखराका २० वर्षीय गोविन्द कँडेल साथै स्कुटर चालक रामपुर–५ भम्बक बस्ने ५५ वर्षीय देवराज शाही घाइते भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

घाइतेलाई उपचारका लागि रामपुर अस्पताल लगिएको थियो । स्कुटर चालक शाही र मोटरसाइकल चालक गौतमलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको रामपुर अस्पतालले जनाएको छ ।

घाइतेमध्ये कँडेलको अवस्था सामान्य रहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully