शक्ति समूहद्वारा आफ्नै भवनमा सेल्टर होम संचालन

बाँकेमा शक्ति समूहले विगत लामो समयदेखि भाडाको घरमा आपतकालीन गृह सञ्चालन गर्दै मानव बेचविखनबाट प्रभावित तथा उच्च जोखिममा रहेका महिला, बालिका तथा किशोरीको संरक्षण, परामर्श, वकालत र पैरवी गर्दै आएको थियो ।

माघ १८, २०८२

रुपा गहतराज

Shakti Group operates shelter home in its own building

नेपालगन्ज — मानव बेचविखनबाट प्रभावित महिला, बालिका तथा किशोरीहरूको संरक्षण र पैरवीका लागि कार्यरत शक्ति समूहले बाँकेमा आफ्नै सेल्टर होम भवन खरिद गरी संचालनमा ल्याएको छ  ।

बाँकेको कारकादोस्थित शक्ति समूहको भवनको आइतबार उद्घाटन गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङ र जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले संयुक्त रुपमा भवनको उद्घाटन गरे ।

बाँकेमा शक्ति समूहले विगत लामो समयदेखि भाडाको घरमा आपतकालीन गृह सञ्चालन गर्दै मानव बेचविखनबाट प्रभावित तथा उच्च जोखिममा रहेका महिला, बालिका तथा किशोरीको संरक्षण, परामर्श, वकालत र पैरवी गर्दै आएको थियो ।

शक्ति समूहका संस्थापक सदस्य तथा निवर्तमान अध्यक्ष चरिमाया तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सकारी वकिल कार्यालय सहायक न्यायाधिवक्ता शिवराज पौडेल, जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातली, राष्ट्रिय मानव अधिकार आयोगका दारिका अधिकारी, अधिकारकर्मी बसन्त गौतम लगायत मानव बेचविखन उद्धार, नियन्त्रण तथा रोकथाममा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाकी प्रदेश संयोजक  निर्मला पौडेलले सेल्टर भवनले  मानव बेचविखनबाट पीडित तथा प्रभावितको संरक्षण, वकालत, पैरवी गर्नुका साथै उनीहरूको सुरक्षित पारिवारिक पुनर्मिलन सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउने बताइन् ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully