बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते

दिउँसो करिब फौने २ बजे जनमुक्ति सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

माघ १५, २०८२

कमल पन्थी

One injured in leopard attack in Bardiya

बर्दिया — चितुवाको आक्रमणमा बारबर्दिया नगरपालिका–११ मा बिहीबार दिउँसो एक जना गम्भीर घाइते भएका छन् ।

दिउँसो करिब पाैने २ बजे जनमुक्ति सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

चितुवाको आक्रमणमा परी सोही ठाउँका प्रेमबहादुर घर्ती मगर घाइते भएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताए । घाइते घर्ती मगरलाई उपचारका लागि नेपालगन्ज लगिएको छ। 

चालु आर्थिक वर्षमा चितुवाको आक्रमणमा परी यहाँ ६ जनाको ज्यान गएको छ । यो अवधिमा बाघ र हात्तीको आक्रमणबाट पनि १/१ जनाको मृत्यु भएको छ। साउनयता वन्यजन्तुको आक्रमणमा परी ११ जना घाइते भएका छन्।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully