हाडजोर्नी शिविरमा १२ सयको निःशुल्क उपचार

माघ १२ देखि १५ गतेसम्म सञ्चालन भएको शिविरमा ७ जना चिकित्सकलगायत १५ जनाको टिम परिचालन भएको थियो ।

माघ १५, २०८२

कमल पन्थी

Free treatment for 1,200 at orthopedic camp

बर्दिया — जिल्ला अस्पताल बर्दियाको समन्वयमा नेपाल अर्थोपेडिक अस्पताल काठमाडौं र एमएसडी फाउण्डेशन स्वीजरल्याण्डको आर्थिक सहयोगमा चार दिने हार्ड, जोर्नी तथा नसा सम्बन्धी शिविरमा १ हजार २ सय जना बढीले निःशुल्क उपचार पाएका छन् ।

शिविरमा हड्डी भाँचिएका, हातखुट्टाको पोलिस्टर बिग्रेका, पाता निकाल्न नसकेका, पुरानो भाँचिएर बांगा भएकाको निःशुल्क उपचार गरिएको नेपाल अर्थोपेडिक अस्पतालका सिनियर सर्जन एंव डिपुटी डाइरेक्टर डाक्टर प्रकाश ज्ञवालीले बताए ।

उपचार गर्न आएका ७० जनाको शल्यक्रिया गरेका उनले बताए। यहाँ उपचार सम्भव नभएका ४ जना हाडजोर्नी सम्बन्धी समस्या भएकालाई प्रत्यारोपणका लागि काठमाडौंमा निशुल्क उपचार गरिने उनले बताए। 

शिविरमा एक्सरे, रगत परीक्षण र औषधि निःशुल्क वितरण गरिएको छ। माघ १२ देखि १५ गतेसम्म सञ्चालन भएको शिविरमा ७ जना चिकित्सकलगायत १५ जनाको टिम परिचालन भएको थियो ।  

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully