डेढ लाख घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा 

बारबर्दिया-७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग लिएको घुस रकमसहित मल्ललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

माघ १५, २०८२

कान्तिपुर संवाददाता

Engineer arrested with bribe of Rs 1.5 lakh

काठमाडौँ — बर्दियाको बारबर्दिया नगरपालिकास्थित भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ल डेढ लाख घुस रकमसहित पक्राउ परेका छन् । 

बारबर्दिया-७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग लिएको घुस रकमसहित मल्ललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । 

'आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले इन्जिनियर मोहन देव मल्ललाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा रकमसहित बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती बिकास शाखाबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,' अख्तियार प्रवक्ता सुरेश न्यौपानेले भने । 

कान्तिपुर

Link copied successfully