नवलपरासीमा वर्षाले किसान खुसी

पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि आकाश बादलले ढाकिएको थियो भने दिउँसोबाट वर्षा भएको भैरहेको छ ।

माघ १४, २०८२

नवीन पौडेल

Farmers happy with rain in Nawalparasi

नवलपरासी — पूर्वी र पश्चिम नवलपरासीमा मौसम बदली भएर सामान्य वर्षा भएको छ । बुधबार बिहानबाट एक्कासी वर्षा भएपछि चिसो बढेको छ । 

पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि आकाश बादलले ढाकिएको थियो भने दिउँसोबाट वर्षा भएको भैरहेको छ । वर्षाको कारण हिउँदे बाली गहुँ , मसुरोलगायतका किसानलाई राहात मिलेको छ । यो वर्षाले सबैभन्दा बढी प्रभावित इँटा व्यवसायी परेका छ्न् । 

काँचो इँटा तयार गरेर पोल्नु पर्ने समयमा पानी परेपछि समस्या भएको व्यवसायी कृष्णप्रसाद शर्माले बताए । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पुर्वी नवलपरासीको कावासोतीमा १.४ मिलिमिटर वर्षा भएको छ । पूर्वी र पश्चिम नवलपरासीको धेरैजसो ठाउँमा पानी परेको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully