पाल्पामा २९ जनाको उम्मेदवारी कायम, एक जनाले फिर्ता लिए

पाल्पा २ का स्वतन्त्र उम्मेदवार देवीप्रसाद भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

माघ ९, २०८२

माधव अर्याल

29 candidates remain in Palpa, one withdraws candidacy

What you should know

पाल्पा — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा २९ जनाको उम्मेदवारी काम भएको छ।

पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका स्वतन्त्र उम्मेदवार देवीप्रसाद भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् । क्षेत्र १ बाट १३ र क्षेत्र २ बाट १७ जनाको उम्मेदवारी थियो । 

रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरी निवासी भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २५ को उपदफा (१) बमोजिम नाफ फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले जानकारी दिए ।

क्षेत्र नं. २ मा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी परेको थियो । भण्डारीसहित तीन जनाले स्वतन्त्रबाट उम्मेदवारी फिर्ता लिएसंगै स्वतन्त्र उम्मेदवारको संख्या दुई भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ९ राजनीतिक दल र ४ स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दशरथ पंगेनीले बताए  । 

पाल्पा क्षेत्र नम्बर १ मा कांग्रेसका तर्फबाट सन्दीप राना र क्षेत्र नम्बर २ बाट हिमालदत्त श्रेष्ठले उम्मेदवार दर्ता गराएका छन् । यस्तै एमालेका क्षेत्र नम्बर १ बाट नारायणप्रसाद आचार्य र क्षेत्र नम्बर २ बाट ठाकुरप्रसाद गैरेले मनोनयन दर्ता गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट पाल्पामा क्षेत्र नम्बर १ बाट हुमबहादुर सुनारी र क्षेत्र नम्बर २ बाट सोमप्रसाद पाण्डेयले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर १ बाट विमल पन्त र क्षेत्र नम्बर २ बाट माधव बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट क्षेत्र नम्बर १ बाट बृहस्पति अर्याल र क्षेत्र नम्बर २ बाट डुलबहादुर कुँवरले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय जनमोर्चाले क्षेत्र नम्बर १ बाट नरमति सिंजाली र क्षेत्र नम्बर २ बाट बालबहादुर दर्लामी (विशाल) ले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ बाट नेशनल रिपब्लिक नेपालबाट थमन सिं रेश्मी मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट सलन चिदी मगर, नेकपन माओवादीबाट पुरन गैहृे शर्माले मनोनयन दर्ता गरेका छन्। क्षेत्र नम्बर १ बाट कोशल अर्याल, डिल्लीराज काफ्ले, बुद्धबहादुर विरकट्टा र बाछा दली मियाँ स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन् । 

क्षेत्र नम्बर २ बाट राष्ट्रिय जनमुक्ति पार्टीमा टोपबहादुर अस्लामी, जनता समाजवादी पाटी (एकल चुनाव चिन्ह) बाट खिकबहादुर रेश्मी, नेशनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनबाट मानबहादुर दर्लामीले मनोनयन गरेका छन्। नेपाल मजदुर किसान पार्टीबाट कृष्ण शोभा मुस्याख्व सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, नेकपा माओवादीबाट विष्णु ठडराई (सार्की), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बोधराज जैसीले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नम्बर २ बाट मोहन कुँवर थापा मगर, केशव प्रसाद बस्यालले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully