मुख्य निर्वाचन अधिकृतको कार्यालय पश्चिम नवलपरासीले कांग्रेसबाटै मनोनयन दर्ता गरेका लुम्बिनी प्रदेश समितिका सदस्य भीमबहादुर थापाको उम्मेदवारी कायम राख्दै कँडेलको उम्मेदवारी रद्द गरेको हो ।
परासी — नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पश्चिम नवलपरासीले कांग्रेसबाटै मनोनयन दर्ता गरेका लुम्बिनी प्रदेश समितिका सदस्य भीमबहादुर थापाको उम्मेदवारी कायम राख्दै कँडेलको उम्मेदवारी रद्द गरेको हो ।
क्षेत्र नम्बर २ मा कांग्रेसका थापा र कँडेलले टिकट ल्याएर मनोनयन दर्ता गराएपछि आधिकारिकताको विषयमा विवाद देखिएको थियो । पार्टीले दुवैलाई टिकट दिएको थियो । थापाले पहिले उम्मेदवारी दिएका थिए ।
क्षेत्र नम्बर १ र २ ले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । ५७ जना उम्मेदवारमध्ये ५५ जनाको मात्र उम्मेदवारी कायम भएको छ ।