पाल्पा रिब्दिकोट गाउँपालिका-१ ख्याहा जोगीथुमबाट रिडीघाटतर्फ मलामी लिएर आउँदै गरेको लु १ च ६९८५ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो ।
पाल्पा — पाल्पाबाट मलामी बोकेर रिडी जाँदै गरेको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
पाल्पा रिब्दिकोट गाउँपालिका-१ ख्याहा जोगीथुमबाट रिडीघाटतर्फ मलामी लिएर आउँदै गरेको लु १ च ६९८५ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा रिब्दीकोट-१ ख्याहा जोगिथुमका २६ वर्षीय टीकाराम कुमालको मृत्यु भएको प्रहरिले जनाएको छ ।
जिप गुल्मीको रिडी-खर्ज्याङ सडक खण्डमा दुर्घनामा परेको हो । दुर्घटना गुल्मिको रुरु गाउँपालिका-१, रिडी-खर्ज्याङ सडक खण्डको खोल्टेपानीमा भएको हो ।
कुमालको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरूको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ । गाडी सडकदेखि करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
