बाँके–३ मा एमालेले अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्‍यो

उक्त क्षेत्रमा दुई दिनअघि मात्र एमालेले पूर्वराज्यमन्त्री एवम् संविधान सभा सदस्य दलबहादुर सुनारलाई उम्मेदवार बनाएको थियो ।

माघ ६, २०८२

रुपा गहतराज

UML changes candidate at last minute in Banke-3

नेपालगन्ज — आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेको क्षेत्र नम्बर ३ मा एमालेले अन्तिम समयमा उम्मेदवार परिवर्तन गरेको छ । 

उक्त क्षेत्रमा दुई दिनअघि मात्र एमालेले पूर्वराज्यमन्त्री एवम् संविधान सभा सदस्य दलबहादुर सुनारलाई उम्मेदवार बनाएको थियो । उनको ठाउँमा एमालेले सुमन मल्ललाई टिकट दिएको एमाले नेता सूर्य ढकालले बताए ।

दलबहादुरलाई आगामी दिनमा राष्ट्रिय सभामा लैजाने आवश्वासन पार्टी नेतृत्वले दिएको छ । एमालेले क्षेत्र नम्बर १ मा भने प्रतिनिधि सभाका निर्वतमान सांसद समेत रहेका ढकाललाई पुनः उम्मेदवार बनाएको छ । 

यस्तै क्षेत्र नम्बर २ मा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईलाई टिकट दिएको छ । उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रिय महासचिव छन् ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully