सम्राट सिमेण्ट उद्योगमा काम गर्ने मजदुरको माटोले पुरिएर मृत्यु

उद्योगको पावर प्लान्टका लागि ठूलो खाडल खन्ने काम भइरहेका बेला माटोको ढिस्कोमा पुरिएर चौधरीको मृत्यु भएको हो ।

माघ ५, २०८२

दुर्गालाल केसी

Worker at Samrat Cement Industry dies after being buried by mud

दाङ — लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगमा काम गर्ने एक मजदुरको सोमबार माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

लमही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको हो । घटनामा लमही नगरपालिका–७ हसनापुरका शंकर चौधरी घाइते भएका छन् । उनलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

उद्योगको पावर प्लान्टका लागि ठूलो खाडल खन्ने काम भइरहेका बेला माटोको ढिस्कोमा पुरिएर चौधरीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully