दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल चालक बर्दिया ठाकुरबाबा–५ शाहीपुरका २१ वर्षीय शुशिल कुमार थारु र पछाडि बस्ने सोही पालिका–५ मानपुरका २५ वर्षीय करण थारु घाइते भएका थिए ।

माघ ३, २०८२

कमल पन्थी

Two people died in the accident.

बर्दिया — मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ओरालीबाट ढोढरीतर्फ आउँदै गरेको ईभी गाडी र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

बा प्र ०१–०३२च ७५५३ नम्बरको इभी गाडी विपरीत दिशातर्फ जाँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब ९ बजे एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक बर्दिया ठाकुरबाबा–५ शाहीपुरका २१ वर्षीय शुशिल कुमार थारु र पछाडि बस्ने सोही पालिका–५ मानपुरका २५ वर्षीय करण थारु घाइते भएका थिए । 

उनीहरुलाई जिल्ला अस्पताल गुलरिया उपचारको लागि तत्काल ल्याइएकोमा राति १० बजेर १० मिनेटमा दुवै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय, ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनले बताए ।

प्रहरीले इभी गाडीका चालक मधुवन नपा–४ ढोढरीका २३ वर्षीय विक्रम बोहोरालाई नियन्त्रणमा लिएको छ । दुवै सवारी साधन चल्ने अवस्थामा नरहेको प्रहरी निरीक्षक सेनले जनाए । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलवासेका अनुसार इभी चालक बोहोराले मापसे गरि गाडी चलाएको खुलेको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully