दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बसमा सवार रहेका राप्ती गाउँपालिका-४ निवासी मिना ठकुरी, शिला परियार र मोटरसाइकल सवार लमही नगरपालिका-५ कोलही निवासी अशोक चौधरी र बस धनी सुशील वली घाइते भएका छन् ।

माघ १, २०८२

दुर्गालाल केसी

One person dies in bus-motorcycle collision in Dang

दाङ — दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-५ कोलहीका २२ वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बर बस र रिहारदेखि लमहीतर्फ गैरहेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । ठोक्किएपछि बस समेत पल्टिएको थियो । बसमा सवार रहेका राप्ती गाउँपालिका-४ निवासी मिना ठकुरी, शिला परियार र मोटरसाइकल सवार लमही नगरपालिका-५ कोलही निवासी अशोक चौधरी र बस धनी सुशील वली घाइते भएका छन् । 

घाइतेहरुको लमही अस्पताल उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully