पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिडी रुरु क्षेत्रमा संक्रान्ति स्नान र मेला भर्नेको घुइँचो

पाल्पा, गुल्मी, स्याङ्जालगायत विभिन्न जिल्लाबाट आएका भक्तजनले कालीगण्डकीमा स्नान, ऋषिकेशव मन्दिरमा दर्शन गर्दै रुरु मेला भर्न आएका छन्।

माघ १, २०८२

माधव अर्याल

Crowds gather at Ridi Ruru area, the confluence of Palpa, Gulmi, and Syangja, to celebrate Sankranti bathing and fair

What you should know

पाल्पा — पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिडी रुरु क्षेत्रमा बिहानैदेखि माघे संक्रान्ति स्नान गर्नेको भीड लागेको छ । संक्रान्तिमा रुरु क्षेत्र रिडीस्थित कालीगण्डकीमा स्नान गर्नेको भीड लागेको हो । यहाँ पाँच दिने संक्रान्ति मेलासमेत सुरु भएको छ ।

संक्रान्ति नुहाउन पाल्पाका साथै गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु लगायत मुलुकका विभिन्न स्थानबाट आएका छन् । साथै भारतीय श्रद्धालुसमेत रिडी आउने गर्छन् । रिडी रुरु क्षेत्रमा पाँच दिनसम्म मेला लाग्ने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले बताए । तीन दिनसम्म कालीगण्डकीमा नुहाउने र ऋषिकेशव मन्दिरमा दर्शन गर्ने गर्छन् । थप दुई दिन बजार गर्न र मेला भर्न आउने गर्छन् ।

Crowds gather at Ridi Ruru area, the confluence of Palpa, Gulmi, and Syangja, to celebrate Sankranti bathing and fair

रुरु क्षेत्रमा माघे संक्रान्तिमा स्नान गरेमा पुण्य प्राप्त गरिने जनविश्वास रहेको छ । कालीगण्डकी नदीमा नुहाउने र तानसेन नगरपालिका–१४, अर्गलीतर्फ रहेको ऋषिकेशव मन्दिरको दर्शन गर्ने प्रचलन रहेको छ । यहाँ नेपालसहित भारतबाटसमेत भक्तजन आउने गरेका छन् । रुरु क्षेत्र नेपालका चार धाममध्येको एक हो ।

‘श्रद्धालु भक्तजन आउने र जाने क्रम चलिरहने परम्परा नै हो,’ भट्टराईले भने, ‘नेपालका मात्र होइन, भारतका विभिन्न स्थानबाटसमेत श्रद्धालुहरू रिडी रुरु क्षेत्रमा आएका छन् ।’ संक्रान्तिको केही दिन अघिदेखि नै रुरु क्षेत्रमा चहलपहल बढेको थियो ।

Crowds gather at Ridi Ruru area, the confluence of Palpa, Gulmi, and Syangja, to celebrate Sankranti bathing and fair

मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा स्याङ्जातर्फ जान तीन मुखे पुल निर्माण भएको छ । पाल्पा, गुल्मी र स्याङ्जातर्फ जाने तीन मुखे पुलमा समेत भीड लागेको छ । कालीगण्डकी जलविद्युत् आयोजना मिर्मिमा पानी थुनिएकाले यहाँ नदी सानो छ । तानसेन नगरपालिका–१४, अर्गलीका वडाध्यक्ष शोभाखर भट्टराईका अनुसार संक्रान्ति नुहाउन र ऋषिकेशव दर्शन गर्न आउने भक्तजनलाई तीन मुखे पुलले निकै सहज भएको छ ।

Crowds gather at Ridi Ruru area, the confluence of Palpa, Gulmi, and Syangja, to celebrate Sankranti bathing and fair

धार्मिक आस्थाका कारण रुरु क्षेत्रमा मकर स्नान गर्ने, जप, पूजा, हवन, दान तथा पितृ श्राद्धसमेत गर्ने गरिएको रुरु क्षेत्र गौशालाका सञ्चालक शंकर गिरीले बताए । रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व भएकाले मेला भर्न विभिन्न स्थानबाट आउने गर्छन् । पाल्पातर्फ रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा स्याङ्जा र गुल्मीबाट मेला भर्न आउने दर्शनार्थी पूजा गर्न घुइँचो लाग्ने गर्छ । पर्यटक आकर्षित गर्न यस वर्ष युवाहरूले रिडी खोलालाई थुनेर ताल निर्माण गरेका छन् ।

Crowds gather at Ridi Ruru area, the confluence of Palpa, Gulmi, and Syangja, to celebrate Sankranti bathing and fair

सोह्रौँ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा साक्षात् भगवान ऋषिकेशवको मूर्ति फेला पारेका थिए । सोही मूर्तिलाई प्रतिष्ठापन गरिएको भन्ने जनविश्वास छ । ऋषिकेशव मन्दिर र यस क्षेत्रलाई रुरु कन्याको जन्मस्थल पनि भनिन्छ । मणिमुकुन्द सेनबाट ऋषिकेशवको मूर्ति प्राप्त गरी स्थापना गरिएको हो । प्रसिद्ध ऋषिकेशव मन्दिर धार्मिक पर्यटकका लागि आकर्षण बन्न सक्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले बताए ।

Crowds gather at Ridi Ruru area, the confluence of Palpa, Gulmi, and Syangja, to celebrate Sankranti bathing and fair

रुरु मेलाकै अवसरमा पाल्पा, गुल्मी र स्याङ्जा क्षेत्रमा व्यापारिक स्टलसमेत राखिएका छन् । गुल्मी र पाल्पातर्फ गरी २ सयभन्दा बढी स्टल छन् । रुरु क्षेत्रमा होटल, घरेलु सामग्री, सुपो, डालो, राडी, पाखी, फेन्सी सामग्रीहरू स्टलमा छन् । मेलामा गुल्मीको थोर्गा लगायतका किसानले उखुबाट बनाइएको गुँड, खुदो, चाकु र स्थानीय उत्पादनका स्टल राखेका छन् । संक्रान्तिको अवसरमा व्यापार गर्न पाल्पा, बागलुङ, रूकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीका लागि रिडीमा आएका छन् । मेलामा सुपो, डालो बिक्री हुने बताए ।

Crowds gather at Ridi Ruru area, the confluence of Palpa, Gulmi, and Syangja, to celebrate Sankranti bathing and fair

यस बाहेक रोल्पा, रूकुम सल्यान, प्युठान, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लाका व्यापारीहरूले जाडो छल्नुका साथै त्यस क्षेत्रमा पाइने ऊनीजन्य वस्तुहरू ल्याएका छन् । मुस्ताङबाट ऊनका सामान, राडी पाखी, कम्बल ल्याएका छन् । पूर्वी रुकुमका विभिन्न गाउँबाट राडी–पाखी लिएर आएका छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully