बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले राख्दै आएको केजमा चितुवा पसेर नियन्त्रणमा आएको थियो ।
बर्दिया — लामो समयदेखि गुलरिया–५ वालापुरमा मानिसको ज्यानै लिने समस्याग्रस्त पोथी चितुवा मंगलबार मध्यरातमा नियन्त्रणमा आएको छ ।
गाउँ नजिक रहेको सामूदायिक वनबाट निस्केको चितुवा स्थानीयले घर नजिक थापेको केजभित्र पसेपछि नियन्त्रणमा आएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले राख्दै आएको केजमा चितुवा पसेर नियन्त्रणमा आएको थियो । अहिले भने चितुवालाई स्थानीयले आफ्नै प्रविधिमा बनाएको केजमा नियन्त्रणमा आएको यो पहिलो हो ।
विगत दुई वर्ष यता पाँचवटा चितुवा नियन्त्रणमा आएको छ । राजापुरबाट समातिएको घाइते चितुवाको सोमबार मृत्यु भएको छ ।
यस चालु आवमा डिभिजन वन कार्यालय अन्तर्गत चितुवाबाट ५, बाघबाट १ र हात्तीबाट १ जनाको ज्यान गएको वरिष्ठ सहायक वन अधिकृत राम गोपाल चौधरीले बताए ।
