राजापुरमा सांस्कृतिक माघ महोत्सव सुरु

मञ्चमा मौलिक थारु नृत्यसँगै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

पुस २९, २०८२

कमल पन्थी

Cultural Magh Festival begins in Rajapur

बर्दिया — थारू समुदायको महान् पर्व माघीको अवसर पारेर बर्दियाको राजापुरमा सांस्कृतिक माघ महोत्सव सुरु भएको छ । मंगलबारदेखि सुरु भएको १२ दिने महोत्सवको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले उद्घाटन गरेका छन् । 

मुख्य आयोजक उद्योग वाणिज्य संघ, राजापुर, बर्दिया र राजापुर नगरपालिकाको संरक्षकत्वमा विभिन्न सांस्कृतिक झाँकीसहित थारु संस्कृति झल्कने भेषभूषा लगाएर स्थानीयले नगर परिक्रमा गरेका थिए । 

मञ्चमा मौलिक थारु नृत्यसँगै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । माघीको अवसर पारेर चार दिनसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । महोत्सवका अन्य आठ दिन भने शुल्क लिइने उद्योग वाणिज्य संघ, बर्दियाका अध्यक्ष कृष्ण रेग्मीले बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully