राष्ट्रिय प्रकृति संरक्षण कोष, होटल गाईड एसोसिएशन, नेचर गाइडलगायत बर्दिया निकुञ्जको सहयोगमा दुई दिनसम्म चरा गणना गरिनेछ ।
बर्दिया — बर्दियामा सोमबारबाट चरा गणना गरिने भएको छ । बढैयाताल, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र, सामुदायिक वनलगायत चरा देखिने ठाउँमा चरा गणना गरिने भएको छ ।
शनिबार बिहान बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोक कुमार रामको अध्यक्षतामा बसेको बैठकले जिल्लामा चरा गणना गरिने निर्णय भएको संरक्षण अधिकृत एंव सूचना अधिकारी सरोजमणि पौडेलले बताए । गणनाका लागि ३० जना संरक्षणकर्मी खटिने भएको उनले बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, होटल गाईड एसोशिएसन, नेचर गाइडलगायत बर्दिया निकुञ्जको सहयोगमा दुई दिनसम्म चरा गणना गरिनेछ ।
गत वर्ष बर्दियामा विभिन्न प्रजातिका ५ सय ३५ चरा गणना भएको नेपाल पन्छी विज्ञ संघका अध्यक्ष एंव जल पन्छी गणनाका बाँके, बर्दिया संयोजक रामबहादुर शाहीले बताए ।
