अटो रिक्सामा आगजनी गरेको आरोपमा १८ वर्षीय युवक पक्राउ

अटो रिक्सामा आगजनी गर्ने रोल्पाको माडी गाउँपालिका–६ का १८ वर्षीय सन्देश नेपाली पक्राउ परेका हुन्।

पुस २६, २०८२

दुर्गालाल केसी

18-year-old youth arrested for setting fire to auto rickshaw

दाङ — घोराहीमा पार्किङ गरी राखिएको अटो रिक्सामा आगो लगाएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–६ स्थायी ठेगाना भई हाल घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ बस्ने १८ वर्षीय सन्देश नेपाली रहेका छन् ।

नेपालीले बिहिबार राती घोराही–१३ प्रगतिनगर टोल बस्ने जीवन वलीको आफ्नै कोठा अगाडि पार्किङ गरी राखेको रा १ ह २७५७ नम्बरको अटो रिक्सामा आगजनी गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए । नेपालीलाई दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको उनले जानकारी दिए । 

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully