निर्वाचन प्रहरीमा आवेदन दिन बिहानैदेखि लाइन

सरकारले ४० दिनको अवधि तोकेर निर्वाचन प्रहरी भर्नाका लागि शुक्रबारबाट आवेदन लिन सुरु गरेको हो।

पुस २५, २०८२

कमल पन्थी

Lines have been in place since morning to apply to the Election Police

बर्दिया — फागुन २१ मा हुने प्रनिधिसिभा निर्वाचनका लागि निर्वाचन प्रहरीको आवेदन दिन जिल्ला प्रहरी कार्यालयमा बिहानैदेखि युवायुवतीको भीड लागेको छ।

सरकारले ४० दिनको अवधि तोकेर निर्वाचन प्रहरी भर्नाका लागि शुक्रबारबाट आवेदन लिन सुरु गरेको हो। बर्दिर्यामा १ हजार ८ सय २६ जना निर्वाचन प्रहरी भर्ना गरिने छ।

जिल्ला प्रहरी बर्दियामा पहिलो दिन शुक्रबार बिहानैदेखि आवेदन दिने युवायुवतीको लागेको छ। आवेदन दिने समय माघ १ गतेसम्म राखिएको छ। सार्वजनिक विदाका दिन पनि आवेदन दिन सकिने जिल्ला प्रहरी बर्दियाका सूचना अधिकारी डिएसपी देवेन्द्रकुमार मल्लले बताए।

सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरीको आवेदन दर्ता जिल्ला प्रहरी कार्यालयमै राखेको छ । सशस्त्रले बर्दियामा २ सय जना निर्वाचन प्रहरी भर्ना गर्ने छ । आवेदन दिन गाउँगाउँबाट युवायुवतीहरु बिहानै प्रहरी कार्यालय पुगेका थिए। 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully