जेन-जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै जाहेरी 

जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेको भन्दै राष्ट्रिय जनमोर्चा र नेकपा एमाले प्यूठानले जिल्ला प्रहरी कार्यालय प्यूठानमा बिहीबार जाहेरी दर्ता गरेका हुन् ।

पुस २४, २०८२

शमशेरविक्रम जीसी

Complaint filed demanding action against those involved in arson and vandalism during Gen-G protest

प्यूठान — भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र प्रदर्शनका क्रममा प्यूठानका विभिन्न स्थानमा भएको आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै प्यूठानका दुई राजनीतिक दलले जिल्ला प्रहरी कार्यालय प्यूठानमा जाहेरी दर्ता गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेको भन्दै राष्ट्रिय जनमोर्चा र नेकपा एमाले प्यूठानले जिल्ला प्रहरी कार्यालय प्यूठानमा बिहीबार जाहेरी दर्ता गरेका हुन् । 

पार्टी कार्यालयमा आगजनी र तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै डाँकाचोरी र आपराधिक गतिविधिमा कारबाहीको माग गर्दै जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार दुई राजनीतिक दलले जाहेरी दर्ता गरेको र अन्य विभिन्न तवरबाट अनुसन्धानको काम भइरहेको बताए । 

जेनजी आन्दोलनका क्रममा प्यूठानमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाली काग्रेस र तत्कालीन माओवादी पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । तोडफोड र आगजनीबाट प्यूठानमा ७० लाख रुपैयाँ बढीको क्षति भएको थियो ।

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully