एक जना भने फरार
बर्दिया — बाँकेबाट खटिएको लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी महम्मदपुरको संयुक्त टोलीले भारतीय नागरिकबाट २ सय ६६ ग्राम ५ सय ६० मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
बाँकेबाट खटिएको लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी महम्मदपुरको संयुक्त टोलीले भारतीय नागरिकबाट २ सय ६६ ग्राम ५ सय ६० मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत उत्तरप्रदेश राज्य, मोतीपुर थानाअन्तर्गत ग्राम लौकाहीका ३३ वर्षीय फिरोज खान रहेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रबहादुर मल्लका अनुसार खानको साथबाट ब्राउन सुगर बरामद गरिएको हो।
प्रहरीले खानलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रतिकार गर्दै भाग्न खोजेपछि बुधबार साँझ एक राउन्ड हवाई फायर र अर्को राउन्ड खुट्टामा गोली प्रहार गरी घाइते बनाउँदै नियन्त्रणमा लिएको जनाएको छ। घटना गुलरिया नगरपालिका–११ स्थित लालपुरमा भएको हो।
खानसँग आएका अर्का एक व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ। घाइते खानको उपचार जिल्ला अस्पताल, गुलरियामा भइरहेको छ।
