प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लले जनाए ।
बर्दिया — लागुऔषध ब्राउन सुगर कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
भारतको लौकाही हुँदै गुलरिया नगरपालिका–११ लालपुरमा लागुऔषधका कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लले जनाए । 'प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड हवाई फायर र एक राउन्ड खुट्टामा गोली लागेको छ,’ उनले भने, ‘घाइते भारत बहराइच जिल्ला लौकाही बजारका ३१ वर्षीय फिरोज खान हुन् ।' उनीसँग आएका एकजना फरार भएको प्रहरीले बतायो ।
खानको उपचार बर्दिया अस्पतालमा भइरहेको डीएसपी मल्लले जनाए । घाइतेबाट एक पुरिया खैरो धुलो पदार्थ लागुऔषध ब्राउन सुगर जस्तो पदार्थ फेला परेको छ ।
