बर्दियामा बाघको आक्रमणमा १ जनाको मृत्यु

घाँस काट्न गएकी महिला बेलुकी घर नफर्केपछि खोजी गर्दा शव फेला परेको निकुञ्जले जनाएको छ । 

पुस २३, २०८२

कमल पन्थी

1 person killed in tiger attack in Bardiya

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । घाँस काट्न गएकी महिला बेलुकी घर नफर्केपछि खोजी गर्दा शव फेला परेको निकुञ्जले जनाएको छ । 

बर्दिया निकुञ्जका सूचना अधिकारी वरिष्ठ संरक्षण अधिकृत सरोजमनि पौडेलले बाघको आक्रमणबाट सुर्खेत भेरीगंगा नगरपालिका- ५ की ५७ वर्षीया गंगा सारूको मृत्यु भएको बताए । बाँसगढी नगरपालिका-१ सँग सीमा जोडिएको सुर्खेतको शक्ति सामुदायिक वनमा महिलाको शव भेटिएको उनले बताए । 

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully