सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुस्ता गाउँपालिका–५ सकरदिनहीस्थित दशगजानजिकैबाट ९८ बोरा मकै २९ क्विन्टल बरामद गरेको हो।
परासी — पश्चिम नवलपरासीको सुस्तास्थित नेपाल–भारत सीमा क्षेत्रबाट भन्सार छली गरेको २९ क्विन्टल मकैसहित पिकअप भ्यान बरामद भएको छ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुस्ता गाउँपालिका–५ सकरदिनहीस्थित दशगजानजिकैबाट ९८ बोरा मकै २९ क्विन्टल बरामद गरेको हो।
भन्सार छली गरेर लैजाँदा गर्दा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर २६ गण हेड क्वाटरका डिएसपी गोविन्दबहादुर केसीले बताए। मकै ढुवानीमा प्रयोग भएको लु ३ च ३३२६ नम्बरको पिकअप गाडी पनि नियन्त्रणमा लिएको छ।
मकैको बजार मूल्य तीन लाख र भ्यानको मूल्य १३ लाख रुपैयाँ पर्ने सशस्त्र प्रहरीले जनाएको छ। बरामद भएको सामान महेशपुर भन्सार कार्यालयमा बुझाएको छ।
दशगजा क्षेत्रबाट भन्सार छली गरेर सामान ओसारपसार गर्नेक्रम बढेपछि नाका र खुल्ला क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती बढाएको छ ।
