बाघको आक्रमणबाट स्थानीय ६२ वर्षीय मरिचमान भण्डारीको शनिबार दिउँसो मृत्यु भएको हो।
नेपालगन्ज — बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका-१ कुसुमस्थित सौरीमा एक जनाको मृत्यु भएको छ।
बाघको आक्रमणबाट स्थानीय ६२ वर्षीय मरिचमान भण्डारीको शनिबार दिउँसो मृत्यु भएको हो।
नजिकैको जंगलमा गाई चराउन गएका बेला शनिबार दिउँसो साढे १ बजेतिर बाघले आक्रमण गरेको थियो। ‘हामी सँगै ग्वाला गएका थियौं, बाघले एक्कासी आक्रमण गर्यो, हामी चिच्याउँदा-चिच्याउँदै पनि बाघले लग्यो,’ प्रत्यक्षदर्शी पिमलाल डाँगीले भने।
बाघले आफुहरुलाई समेत आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाउन सफल भएको उनले बताए।
