कपिलवस्तु १ बाट विश्रामप्रसाद चौधरीको एकल नाम सिफारिस

पूर्व भूमिसुधार मन्त्री बलराम अधिकारीको नाम सिफारिसमै परेन ।

पुस २०, २०८२

मनोज पौडेल

Bishram Prasad Chaudhary's single name recommended from Kapilvastu 1

कपिलवस्तु — प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि कपिलवस्तु क्षेत्र नं. १ बाट एमालेले विश्रामप्रसाद चौधरीको एकल नाम सर्वसम्मतिले सिफारिस गरेको छ । आइतबार बसेको पार्टी क्षेत्र नं. १ क्षेत्रीय कमिटीको बैठकले चौधरीको एकल नाम सिफारिस गरेको हो ।

एमाले क्षेत्रीय कमिटी अध्यक्ष शंकर पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको वाणगंगा नगर अध्यक्ष सोमनाथ अर्यालले बताए । 

यसअघि गत शुक्रबार बसेको एमाले वाणगंगा नगर कमिटी बैठकले पनि चौधरीकै एकल नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका चौधरी संविधान सभा सदस्य पनि हुन् । 

एमालेका नवनिर्वाचित केन्द्रीय तथा पूर्वभूमिसुधार तथा सहकारी मन्त्री बलराम अधिकारीको नाम सिफारिसमै परेन । यसअघि निर्वाचित अधिकारीले क्षेत्र नं. १ मा उम्मेदवार हुने चाहना राखे पनि नेता–कार्यकर्ताले उनको नाममा सहमति जनाएनन् । अधिकारीका समर्थकले सिफारिसका लागि सक्दो प्रयास गरेका थिए । तर, अधिकारीको पक्षमा माहोल नभएपछि उनी पछि हटेको स्रोतले बतायो । 

केपी शर्मा ओली सरकारमा मन्त्री रहेका अधिकारी लिचीबारीजस्ता काण्डमा आरोपित छन् ।

मनोज पौडेल

Link copied successfully