भैंसी गोठालो गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

तीनजना भैंसी गोठालो गएकामा हात्ती देख्नासाथ दुईजनाले भने भागेर ज्यान जोगाएर थिए ।

पुस १७, २०८२

कमल पन्थी

Woman killed in elephant attack while herding buffalo

बर्दिया — नेपाल-भारत सीमावर्ती वनमा भैंसी गोठालो गएकी एक महिलाको हात्तीले ज्यान लिएको छ ।

बुधबार दिउँसो राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षिया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग तीनजना भैंसी गोठालो गएका थिए । हात्ती देख्नासाथ दुईजना भने ज्यान जोगाएर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार मल्लले बुधबार खोजतलास गरे पनि शव फेला परेको थिएन । घटनास्थलमा बिहीबार बिहानै प्रहरी, वनका कर्मचारी लगायत स्थानीय पुगेर खोजी गर्दा शव फेला परेको डिभिजन वन कार्यालय, बर्दियाले जनाएको छ । शव पोस्टमार्टमका लागि अस्पताल ल्याउँदै गरेको डीएसपी मल्लले जनाए ।  

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully