बाटोमा हिँडिरहेको समय सोही ठाउँका ५३ वर्षीय जलविर थारु र २५ वर्षीय ईश्वर थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका डिएसपी देवेन्द्र कुमार मल्लले बताए ।
बर्दिया — बारबर्दिया नगरपालिका–६ मनिकापुरमा बिहीबार बिहान करिब साढे ७ बजे चितुवाको आक्रमणमा दुई जना घाइते भएका छन् ।
मनिकापुरस्थित नगर अस्पताल नजिकै चितुवाको आक्रमणमा परि दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
बाटोमा हिँडिरहेको समय सोही ठाउँका ५३ वर्षीय जलविर थारु र २५ वर्षीय ईश्वर थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका डिएसपी देवेन्द्र कुमार मल्लले बताए ।
बस्ती नजिक रहेको जनजागृति सामूदायिक वनबाट आएको चितुवाले आक्रमण गरेको हो । ईश्वरको बाँया खुट्टाको पाइताला र जलवीरको ढाडमा चोट लागेको डिएसपी मल्लले बताए ।
बर्दियामा विगत तीन वर्षदेखि चितुवाको आक्रमणले मानिसको ज्यान जान थालेपछि स्थानीय त्रसित बनेका छन् । बस्तीमा वन्यजन्तुले आक्रमण गर्न थालेपछि चिन्तित र आक्रोशित बन्दै गएका छन् ।
बर्दियामा ५ वर्षयता ११ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षमा चितुवाको आक्रमणमा ६ जनाको मृत्यु भएको छ । १० जनाभन्दा धेरै मानिस चितुवाको आक्रमणमा घाइते भएका छन् ।