एक वर्षमा २ सय ८४ महिला तथा बालबालिका सीमा नाकाबाट उद्धार

गएकाे एक वर्षमा महिला तथा बालिका हराएका ६६ वटा निवेदन परेका थिए, खोजतलासका क्रममा हालसम्म १६ जना फेला परेपछि परिवारको जिम्मा लगाइएको माइती नेपाल, बर्दियाले जनाएकाे छ ।

पुस १७, २०८२

कमल पन्थी

284 women and children rescued from border checkpoints in one year

बर्दिया — माइती नेपालले एक वर्षको अवधिमा २ सय ८४ महिला तथा बालबालिकालाई बर्दियाका विभिन्न सीमा नाकाबाट उद्धार गरेको गरेको जनाएको छ ।

गुलरियामा बिहीबार आयोजित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा माइती नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२५ मा जोखिमपुर्ण यात्रामा रहेका २ सय ८४ महिला तथा बालबालिकालाई सीमाबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको माइती नेपाल, बर्दियाकी प्रमुख गायत्री रिमालले बताइन । 

उद्धार गरिएकामध्ये बर्दियाका २ सय ८ जना र अन्य विभिन्न जिल्लाका रहेका छन् । ‘१८ वर्षमुनिका २ सय ४ र ८० जना १८ वर्षमाथिका महिला तथा बालबालिका रहेका थिए,’ उनले भनिन्, ‘सोही अवधिमा श्रम र यौन शोषणमा परेका ३ जनाको पनि उद्धार गरिएको छ ।’ 

एक वर्षको अवधिमा महिला तथा बालिका हराएका ६६ वटा निवेदन परेका थिए,  खोजतलासका क्रममा हालसम्म १६ जना फेला परेपछि परिवारको जिम्मा लगाइएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully