केही दिनदेखि दिनभर हुस्सु लाग्ने, शीतलहर चलेका कारण जनजीवन प्रभावित बनेको छ।
परासी — शीतलहर बढेपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले बुधबारदेखि तीन दिन विद्यालय बिदा गरेको छ।
एक सातादेखि बढेको हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएपछि पालिकाले बुधबारदेखि तीन दिनसम्म नगरभित्रका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिएको हो।
चिसोका कारण बालबालिकालाई विद्यालय जान र आउन समस्या परेको र स्वास्थलाई असर गर्ने भएकाले बिदा दिइएको बर्दघाट नगरपालिका शिक्षा अधिकृत डिल्लीराज ढुंगानाले बताए।
जिल्लामा केही दिनदेखि दिनभर हुस्सु लाग्ने, शीतलहर चलेका कारण जनजीवन प्रभावित बनेको छ।
