सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था

बाँकेमा चिसोको कारण विद्यालयहरू बन्द भएका छन् । नेपालगन्ज उपमहानगरपालिका र नेपाली सेनाले सार्वजनिक स्थानमा आगो ताप्नका लागि दाउरा उपलब्ध गराएको हो ।

पुस १५, २०८२

रुपा गहतराज

Arrangement for lighting a fire in a public place

नेपालगन्ज — बढ्दो चिसोका कारण बाँके लगायत तराईका जिल्लाको जनजीवन प्रभावित भएपछि सार्वजनिक स्थानहरूमा स्थानीय तहहरूबाट आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

बाँकेमा चिसोको कारण विद्यालयहरू बन्द भएका छन् । नेपालगन्ज उपमहानगरपालिका र नेपाली सेनाले सार्वजनिक स्थानमा आगो ताप्नका लागि दाउरा उपलब्ध गराएको छ ।

अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपलिकाले सार्वजनिक स्थानमा आगो ताप्नका लागि दाउरा उपलब्ध गराएको प्रमुख प्रशसकीय अधिकृत रामहरि शर्माले जनकारी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले यहाँ अत्यधिक चिसो बढेका कारण शीतलहर पूर्वकार्यअन्तर्गत स्थानीय तहहरूले दाउरा वितरण गर्ने, चिसोबाट जोगिन विभन्न सचेतनाका काम सुरु गरिरहेको बताए ।

प्रशासनले चिसोबाट जोगिन घरबाहिर काम परे मात्रै निस्कने, न्यानो लुगा लगाउने, तातो झोलिलो कुरा अत्यधिक सेवन गर्ने जस्ता सन्देशसमेत प्रवाह गरिरहेका छन् ।

यसैबीच नेपाली सेनाको बज्रदल गण राँझाले चिसो पीडितलाई जिल्लाका खजुरा, पुरैना, फुलटेक्रा, आलानगर लगायत विभिन्न स्थानमा आगो ताप्न दाउरा सहयोग गरेको गणका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले बताए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully