बाघको आक्रमणमा बर्दियामा एक युवतीको मृत्यु

१७ वर्षीया विनिता परियारको मृत्यु

पुस १५, २०८२

कमल पन्थी

A young woman died in a tiger attack in Bardiya.

बर्दिया — बाघको आक्रमणमा मंगलबार दिउँसो एक १७ वर्षीया युवतीको मृत्यु भएको छ । कोठिया सामुदायिक वनमा पशु चौपाया चराउने क्रममा बाघले मधुवन-२ कोठियागाउँकी विनिता परियारलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै स्थानीय, प्रहरीले खोजतलाश गर्दा आक्रमण गरिएको ठाउँदेखि सय मिटर दूरीमा गम्भीर घाइते बनाई बाघले जंगलमा छाडेको थियो ।

जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय, ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनले बताए । 

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully