राजापुरमा चितुवाको आक्रमणमा एक जना घाइते

वस्तु भाउ बाँधेर घर फर्कने बेला चितुवाको आक्रमणमा परि सोही ठाउँका ५२ वर्षीय हेमराज बुढाथोकी घाइते भएको सव डिभिजन वन कार्यालय, राजापुरका वरिष्ठ वन अधिकृत सुनिल आचार्यले जनाए ।

पुस १३, २०८२

कमल पन्थी

One injured in leopard attack in Rajapur

बर्दिया — राजापुर नगरपालिका–१० कर्मनीमा चितुवाको आक्रमणमा परि एक जना घाईते भएका छन् । 

सिमावर्ती भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षबाट वस्तु भाउ चराएर फर्किने बेला शनिबार बेलुकी घर नजिक आक्रमणमा परेका हुन् ।

वस्तु भाउ बाँधेर घर फर्कने बेला चितुवाको आक्रमणमा परि सोही ठाउँका ५२ वर्षीय हेमराज बुढाथोकी घाइते भएको सव डिभिजन वन कार्यालय, राजापुरका वरिष्ठ वन अधिकृत सुनिल आचार्यले जनाए ।

चितुवाको आक्रमणमा दुबै खुटटा र बाँया हातको औलामा चोट लागेको उनले बताए । उनलाई प्राथमिक अस्पताल, राजापुरमा उपचारको लागि लगिएको थियो । 

त्यहाँबाट उनलाई थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया रेफर गरिएको वरिष्ठ वन अधिकृत आचार्यले बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully