फुटबल उपाधि जितेपछि महेन्द्र नमुना माविको विजयोत्सव

शनिबार सम्पन्न गुल्मीमा संचालित छैटौं फाेर्टिन स्टार कप फुटबल प्रतियोगिताको उपाधि सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयले जितेको थियोे ।

पुस १३, २०८२

सन्तोष महतारा

Mahendra Namuna Secondary School celebrates victory after winning the football title

गुल्मी — फुटबल प्रतियोगिताकाे उपाधि जितेपछि महेन्द्र नमुना माविले विजयी उत्सव मनाएकाे छ ।

आइतबार गुल्मी सदरमुकाम तम्घासमा बाजागाजासहित बजार परिक्रमा गरेर विजयोत्सव मनाएकाे हो ।

शनिबार सम्पन्न गुल्मीमा संचालित छैटौं फाेर्टिन स्टार कपको उपाधि सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयले जितेको थियोे । प्रतियोगिताकाे फाइनल खेलमा इस्मा गाउँपालिका-२ स्थित पालुखा माध्यमिक विद्यालयलाई २-० काे अग्रताले महेन्द्र नमुना माविले उपाधि जितेको हो ।

तम्घासस्थित फाेर्टिन स्टार युवा क्लबले इस्मा गाउँपालिका-१ झर्नास्थित जैढुंगा वीपी पार्क खेलमैदानमा माध्यमिक तहका विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगिता संचालन गरेको थियो ।

प्रतियोगितामा १४ विद्यालय सहभागी थिए । बिजेता महेन्द्र नमुना माविले नगद ३५ हजार रुपैयाँ पाएकाे थियो ।

महेन्द्र नमुना माविका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले प्रतियोगितामा उपाधि जितेपछि विद्यार्थीलाई थप प्रेरणा प्रदान गर्न विजयी उत्सव गरेको बताए । 'खेलाडी विद्यार्थीकाे उत्कृष्ट प्रदर्शन र प्रशिक्षक तथा ब्य वस्थापककाे मेहनतमा उपाधि हासिल गर्न सक्यौं', उनले भने, 'विजयी उत्सवले खेलाडीलाई प्राेत्साहन र अरुलाई पनि प्रेरणा दिन्छ ।' उनले खेल र खेलाडीप्रति हाैसला प्रदान गर्न सदैव आफूहरू प्रतिबद्ध रहेको बताए ।

सन्तोष

Link copied successfully