मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल चालक थारुको उपचारको क्रममा मृत्यु भएको हो । उनको नाम लाइसेन्सबाट खुलेको प्रहरीले जनाएको छ ।

पुस १०, २०८२

कमल पन्थी

One person dies in motorcycle accident

बर्दिया — बाँसगढी नगरपालिका–४ मटेरियामा बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ रोकिरहेको सुप्रप ०२००१ ख ११८८ नम्बरको ट्रकमा मोटर साइकल ठोक्किएको थियो ।

भे ११ प ४६३१ नम्बरको मोटरसाइकल रोकिरहेको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक बाँसगढी नपा–६ का २७ वर्षीय राजेश थारु गम्भिर घाइते भइ उपचारका लागि गुलरिया अस्पतालमा ल्याएको जिल्ला ट्राफिक प्रमुख सन्दिप बेलवासेले बताए ।

उनका अनुसार मोटरसाइकल चालक थारुको उपचारको क्रममा मृत्यु भएको हो । उनको नाम लाइसेन्सबाट खुलेको प्रहरीले जनाएको छ ।

ट्रक चालक बझाङको बंगल गाउँपालिका–३ का २५ वर्षीय एघराज धामीलाई ईलाका प्रहरी कार्यालय, बाँसगढीले नियन्त्रणमा लिएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully