समानुपातिकका लागि महिलातर्फ सुनिता बुढा, अल्पसंख्यकतर्फ दिपेन्द्र छन्त्याल, दलिततर्फ हर्कबहादुर कामी र उपेन्द्रलाल कामी तथा अन्यतर्फ टिकाराम उपाध्यायको नाम सिफरिस गरिएको छ ।
रुकुम पूर्व — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पूर्वले ९ जना उम्मेदवारको नाम सिफरिस गरेको छ ।
आंकाक्षीको संख्या धेरै भएकाले प्रत्यक्षतर्फ ९ जना र समानुपातिकतर्फ ५ जनाको नाम सिफरिस गरिएको छ ।
नेकपा रुकुम पूर्वका नेता कृष्ण रेग्मीका अनुसार रुकुम पूर्वमा बिहीबार बसेको जिल्ला समितिको बैठकबाट प्रत्यक्षतर्फ गणेशमान पुन, दलजित श्रीपाली, तेजबहादुर ओली, जितमान पुन, सुबोधराज श्रीपाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सिर्जना कार्कीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै समानुपातिकका लागि महिलातर्फ सुनिता बुढा, अल्पसंख्यकतर्फ दिपेन्द्र छन्त्याल, दलिततर्फ हर्कबहादुर कामी र उपेन्द्रलाल कामी तथा अन्यतर्फ टिकाराम उपाध्यायको नाम सिफरिस गरिएको छ ।
प्रत्यक्षमा सिफारिस भएकामध्ये गणेशमाण पुन र दलजित श्रीपाली यसअघि पनि संसद् भैसकेका नेता हुन् भने बाँकी ७ जना पहिलोपल्ट प्रतिनिधिसभाका लागि सिफारिसमा परेका हुन् ।
नेकपा रुकुम पूर्वका अर्का नेता रामसुर बुढाले आकांक्षीहरु धेरै भएकाले चाहना राख्नेहरुको नाम सिफारिस गरिएको बताए । ‘इच्छुकहरुका बीचमा सहमतिका लागि प्रयास त गरियो । तर साथीहरु छोड्न नमानेपछि संख्या बढ्न गयो । अब उम्मेदवारको अन्तिम टुंगोचाहि केन्द्रीय कमिटीले नै लगाउने छ ।’
