अदालतबाट कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

पक्राउ गरिएका सुनारलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत, बर्दियालाई पेस गरिएको प्रहरीले जनाएको छ ।

पुस १०, २०८२

कमल पन्थी

Fugitive defendant sentenced to prison by court arrested

बर्दिया — जिल्ला अदालतबाट कैद सजाय पाएपछि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–९ गाउँ नम्बर १२ स्थित आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा इलाका प्रहरी कार्यालय,ढोढरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय मनोज सुनार रहेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी देवेन्द्र कुमार मल्लले जनाए ।

जिल्ला अदालत, बर्दियाको ०८१ कार्तिक ४ गतेको फैसला आदेशले लागुऔषध ब्राउन सुगर मुद्दामा ९ महिना २४ दिन कैद तोकिएका सुनार फरार प्रतिवादी भएको डीएसपी मल्लले बताए ।

पक्राउ गरिएका सुनारलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत, बर्दियालाई पेस गरिएको प्रहरीले जनाएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully