किप्टोकरेन्सी कारोबार आरोपमा दुई भारतीय पक्राउ

हम्बल होटलमा बसेर दुई जनाले किप्टोकरेन्सी कारोबार गरिरहेको सूचनाका आधारमा ईप्रका कृष्णनगरबाट पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पुस ९, २०८२

मनोज पौडेल

Two Indians arrested for cryptocurrency trading

कपिलवस्तु — किप्टोकरेन्सी कारोबार गरेको आरोपमा कृष्णनगरबाट दुई भारतीय पक्राउ परेका छन् । कृष्णनगरको बसपार्कस्थित हम्बल होटलमा बसेर दुई जनाले किप्टोकरेन्सी कारोबार गरिरहेको सूचनाका आधारमा ईप्रका कृष्णनगरबाट पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र मुम्बई, मलाड इष्टकुमार भिलेज बस्ने २१ वर्षका सुनिलकुमार सिंह र भारतको उत्तर प्रदेश, लखनउ माणीगाउँ बस्ने २४ वर्षका उज्ज्वल सिंह रहेका छन् । उनीहरूका साथबाट अभौतिक मुद्रासम्बन्धी कसुरमा लाग्ने सबुत प्रमाणसहित चार थान मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

दुवै जनालाई जिल्ला अदालतबाट बुधबार पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मनोज पौडेल

Link copied successfully