चितुवाको आक्रमणमा परी एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार थानफेना सामुदायिक वनमा स्याउला लिन गएकी ५५ वर्षीया पार्वती डाँगीलाई चितुवाले आक्रमण गरेको थियो ।

पुस ९, २०८२

कमल पन्थी

One person dies in leopard attack

बर्दिया — चितुवाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । 

जिल्लाको बारबर्दिया नगरपालिका–१० मा बुधबार दिउँसो चितुवाको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार थानफेना सामुदायिक वनमा स्याउला लिन गएकी ५५ वर्षीया पार्वती डाँगीलाई चितुवाले आक्रमण गरेको थियो । 

स्याउला काटिरहेका बेला चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सरोज पौडेलले जानकारी दिए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully