ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले लबनीबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

पुस ९, २०८२

मनोज पौडेल

Motorcyclist dies after being hit by truck

कपिलवस्तु — तौलिहवा–भैरहवा सडक खण्डअन्तर्गत मायादेवी गाउँपालिका–१, बर्रोहियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार राति तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको लु१८प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लुप्र०१–००१ख०६८३ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक मायादेवी गाउँपालिका–६, डुमराका २५ वर्षीय ओसामा मोहम्मद मुसलमान गम्भीर घाइते भएका थिए ।

ओसामालाई उपचारका लागि तौलिहवास्थित कपिलवस्तु अस्पताल पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले लबनीबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । 

मनोज पौडेल

Link copied successfully