चिसोका कारण कपिलवस्तुका चार स्थानीय तहद्वारा बिदा

सातादेखि घाम नलागेर मुटु काम्ने चिसो बढेपछि विद्यालय बन्द गरिएको हो ।

पुस ९, २०८२

मनोज पौडेल

Four local levels in Kapilvastu declare holiday due to cold weather

कपिलवस्तु — बाक्लो कुहिरोसँगै शीतलहरले जनजीवन प्रभावित भएपछि कपिलवस्तुका चार स्थानीय तहले विद्यालय बन्द गरेका छन् । साता दिनदेखि घाम नलागेर हुस्सु लाग्दा कठ्याङ्ग्रिएर जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

जिल्लाको यशोधरा गाउँपालिकाले पुस ९ देखि १४ गतेसम्म र शुद्धोदन गाउँपालिकाले पुस ११ देखि १८ गतेसम्म बिदा दिएको हो । त्यस्तै मायादेवीले पुस ९ देखि १४ गतेसम्म र कपिलवस्तु नगरपालिकाले पुस ९ देखि ११ गतेसम्म बिदा दिएको छ । ३ दिनदेखि ८ दिनसम्म बिदा दिइएको छ । 

हिउँदे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिइएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले बताए । अवस्था हेरेर बिदा थप गर्न सकिने पनि उनले बताए । 

सातादेखि घाम नलागेर मुटु काम्ने चिसो बढेपछि विद्यालय बन्द गरिएको हो । दिउँसोसम्म हुस्सु लाग्दा हिँडडुल गर्न समस्या पर्ने र बालबालिकालाई विद्यालय आउजाउ गर्न असहज भएकाले बिदा दिइएको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बताए ।

मनोज पौडेल

Link copied successfully