बाँके, बर्दिया र दाङमा बाघ गणनाको तयारी पूरा

अब दाङ,बाँके र बर्दियामा गरि २/२ वटा गरि ६ वटा बल्क राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तूम्फाहाम्फेले बताए ।

पुस ८, २०८२

कमल पन्थी

Preparations for tiger census completed in Banke, Bardiya and Dang

What you should know

बर्दिया — बाँके, बर्दिया र दाङमा बुधबारदेखि बाघ गणनाको सबै तयारी पूरा भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । यसवर्ष पुस १ गतेबाट बाघको गणना गरिने भनिए पनि प्राविधिक कारणले ९ गतेबाट हुने भएको छ ।

बाघ गणनाको सबै तयारी भइसकेको बर्दिया निकुञ्जका प्रमुख अशोक रामले जनाए । दाङमा एउटा बल्क राखिने भए पनि निकुञ्जले थप १ ब्लक राख्ने भएको छ । 

अब दाङ,बाँके र बर्दियामा गरि २/२ वटा गरि ६ वटा बल्क राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तूम्फाहाम्फेले बताए । बाघ गणनाका लागि करिब ४ सय ५० क्यामेराको प्रयोग गरिने कोषका प्रमुख तुम्फाहाम्फे बताए  ।

क्यामेरा ट्रापिङ प्रविधिबाट गणना गरिन्छ । यसवर्ष पहिलो पटक दाङमा बाघ गणना गरिने भएको छ । बाँके निकुञ्जको सीमा पर्ने भएकोले यहाँ पनि बेला बेलामा बाघ देखिने गरेकाले गणना गर्न थालिएको बर्दिया निकुञ्जले जनाएको छ ।

बाघ गणनाको शुभारम्भ राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभागका सचिव गोविन्द प्रसाद शर्माले गर्ने बर्दिया निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । बर्दिया निकुञ्ज बाहेक खाता जैविक मार्ग र आसपासका क्षेत्रमा बाघको गणना हुने भएको जनाएको छ । बाघ गणनाका लागि खटिने प्राविधिक टोलीलाई दिने छ । बाघ गणना २१ दिनसम्म हुने भएको छ ।

सन् २०२२ मा नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको थियो । बर्दियामा १ सय २५ वटा बाघको संख्या सार्वजनिक गरिएको थियो । सन् २०१८ मा बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा बाघ थियो । निकुञ्जमा हरेक चार वर्षमा बाघको गणना हुने गर्छ ।

राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संयुक्त प्राविधिक टोलीले क्यामेरा ट्रापिङको सहयोगमा गणना गरिने भएको छ । बाघ गणनाका लागि ५६ जना निकुञ्जका कर्मचारी, सुरक्षार्थ नेपाली सेनासहित ३ वटा हात्ती बर्दियामा परिचालित हुने छ ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully