तम्घासकाे वर्कसप सेन्टरमा आगलागी

आगाे निभाउने क्रममा सामान्य घाइते भएका एक जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएकाे छ ।

पुस ७, २०८२

सन्तोष महतारा

Fire breaks out at Tamghas workshop center

गुल्मी — सदरमुकाम तम्घासमा बसपार्क पेट्रोल पम्पनजिकै एक अटाे वर्कसप एण्ड पार्टस् सेन्टरमा आगलागी भएको छ ।

साेमबार दिउँसाे सुजाता अटाे वर्कसप एण्ड पार्टस् सेन्टरमा आगलागी भएको हो । याे वर्कसप सेन्टर बिक्रम सुनारले संचालन गर्दै आएका थिए ।

घटनास्थलमा रेसुंगा नगरपालिकाकाे दमकलले आगाे निभाइरहेकाे छ । आगाे लगभग नियन्त्रणकाे अन्तिम चरणमा आइसकेको छ । आगलागीस्थलमा जिल्ला प्रहरी गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीकाे नेतृत्वमा टाेली खटिएको छ ।

आगाे निभाउने क्रममा एक जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याइएकाे छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । माेटरपार्टस् सेन्टरमा केही दिनअघि १५/२० लिटर पेट्रोल समेत रहेको बताइएको छ । जसले गर्दा आगलागी भीषण बनेको अनुमान गरिएकाे छ ।

सन्तोष

Link copied successfully