नेपाल प्रिमियर लिग (एनपीएल)–२ को ट्रफीसहित बर्दियाको गुलरिया र बासगढीमा विजय उत्सव मनाइएको हो ।
बर्दिया — नेपाल प्रिमियर लिग (एनपीएल)–२ को ट्रफीसहित बर्दियाको गुलरिया र बासगढीमा विजय उत्सव मनाउँदै बजार परिक्रमा गरिएको छ । ट्रफीसहितको टोली गुलरियाको जिल्ला प्रहरी कार्यालयस्थित चोकबाट सुरु भई बजार परिक्रमा गर्दै बागेश्वरी मन्दिर पुगेका थिए ।
आन्तरिक क्रिकेटको ठूलो धनराशिसहित प्रतियोगिता जितेका लुम्बिनी लायन्सले प्रदेशभरि उत्सव मनाउँदै परिक्रमा गरिरहेका छन् । नेपालगन्जस्थित बागेश्वरी मन्दिरबाट सुरु गरी बर्दिया पुगेका हुन् । बागेश्वरी मन्दिरमा पूजा गरी गुलरिया पुगेको ट्रफीसहितको लायन्सका प्रतिनिधिसहितको टोलीलाई निर्माण व्यवसायी संघ बर्दियाका वरिष्ठ उपाध्यक्ष एवं सामाजिक अभियन्ता विमल केसीले स्वागत गर्दै क्रिकेटको विकासमा सक्दो सहयोग गर्ने बताए ।
ट्रफीसहित खेलाडी नआएकोमा भने स्थानीयले खल्लो महसुस गरे । मौसमको खराबीले जहाज नउडेकाले लायन्स खेलाडी आउन सकेनन् ।
